काठमाडाैं , वैशाख ३१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताउनुभएकाे छ । प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारसँग कुरा गर्दै  यसै हप्ता भित्र मन्त्री परिषद् विस्तार हुने उहाले बताउनु भएकाे हाे । जनता समाजवादी पार्टी दल विभाजन भएको र निर्वाचन आयोगले प्रदेशसभा सदस्यलाई दल रोज्न समय दिएकाले तत्काल उसलाई सरकारमा सहभागी गराउने बारेमा तत्काल निर्णय हुने अवस्था नभएको उहाकाे भनाइ छ । कोशीमा जनता समाजवादी पार्टी नेपालको एक जना मात्र सांसद छन् ।  कार्की वैशाख २७ गते कोशीको मुख्यमन्त्री नियुक्त हुनुभएको हो