सुभेष सिनाल
काठमाण्डौं, फागुन ६
मुलपानी क्रिकेट मैदानमा आज नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा(११ बीच प्रतिस्पर्धा हुँदैछ। तीन खेलको एक दिवसीय अभ्यास खेल अन्तर्गत आज नेपाल ए र क्यानडा(११ बीच पहिलो खेल हुन लागेको हो।
खेल आज बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुँदैछ। नेपाली क्रिकेट टोलीका अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले नेपाल ए को कप्तानी गर्दैछन । नेपाल क्रिकेट संघ क्यानले बेन्च स्ट्रेन्थ बलिया बनाउन पहिलो पटक नेपाल ए टिमको छनौट गरेको छ । नेपाल ए टिममा प्रधानमन्त्री कप, यू(१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु समेटिएका छन्।
लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजको तयारीको लागि आएको क्यानडाले यस अघि सिनियर टोलीसंग ३ एकदिवसीय खेलिसकेको छ । दुइ साता पछि क्यानडाले युएईमा लिग २ अन्तरगतको खेल खेल्नेछ ।
नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। क्यानडा टिमको प्रशिक्षक भने नेपाली टोलीको पुर्व प्रशिक्षक पुवुदु दासानायके हु । यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।