अण्डर १९ विश्वकप क्रिकेटमा सुपर सिक्सका खेल शुरु

Jhalkonepal

सुभेष सिनाल 

काठमाण्डौं, माघ १६

अण्डर १९ विश्वकप क्रिकेटमा आज देखि सुपर सिक्सका खेलहरु शुरु भएका छन । सुपर सिक्सका खेल अन्तरगत आज भारत र न्यूजिलैण्ड तथा पाकिस्तान र आयरलैण्डका विच खेल हुदैछ । 

भारत र न्युजिलैण्डको खेलमा न्यूजिलैण्डले टस जितेर भारतलाई ब्याटिंगको निम्तो दिएको छ । पहिलो ७ ओभरको खेल सकिदा भारतले १ विकेट गुमाएर ४२ रन बनाएको छ । 

यस्तै पाकिस्तान र आयरलैण्ड विचको खेलमा पाकिस्तानले टस जितेर आयरलैण्डलाई ब्याटिंगको निम्तो दिएको छ । ८ ओभरको खेल सकिदा आयरलैण्डले १ विकेट गुमाएर १७ रन मात्र बनाउन सकेको छ । 

सुपर सिक्समा नेपालले बंगलादेश र भारतसंग खेल्ने मौका पाउने छ । नेपालले भोली बंगलादेशसंग पहिलो खेल खेल्ने छ भने फरवरी २ तारिखमा भारतसंग दोस्रो खेल खेल्नेछ । 


प्रतिक्रिया