काठमाडौँ, भदाै १
नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट
विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।
आगामी सन् २०२५ को एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट
प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले
जनाएको छ ।
क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब
इमिरेट्स (युएई) छन् ।छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसीसी
यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
३२ साउन २०८१, शनिवार ०२:०० मा प्रकाशित