जनकपुरमा एक युवककाे हत्या भएकाे छ । धारिलो हतियार प्रहार गरी महोत्तरीको एकडाडा गाउँपालिकाका प्रिन्स कुमार महासेठको
हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएकाे हाे ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मारचौक
नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको देखिएकाे छ । हत्या
आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गणेश साहका
छोरा वर्ष २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका उनीमाथि र घटनाको विषयमा थप अनुसन्धान
भइरहेको प्रहरीले जनाएको छ