बाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेश

Jhalkonepal

काठमाण्डाै, साउन ८ 

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेश गर्नुभएको छ ।

नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश प्रमुख शर्माले आज बेलुका ५ बजेभित्र बहुमतको सरकार गठनका लागि अस्ति आइतवार आह्वान गर्नुभएको थियो । लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुनुहुन्छ । बाग्मतीमा यसअघि एमालेको समर्थनमा माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेकोमा एमाले र कांग्रेस मिलेपछि उहाँले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्रीसँगै बाग्मतीमा मन्त्रालयको समेत भागबन्डा टुङ्गिएकाे छ । कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।

प्रतिक्रिया