काठमाण्डौ , मंसिर ७
दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ ।
साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो ।
प्रतियोगिता सन् २०२५ फेब्रुअरी ११ गतेदेखि २५ तारिखसम्म हुनेछ । यस्तै बैठकले १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप भने भारतमा गर्ने निर्णय गरेको छ ।
यस प्रतियोगिता सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारिखसम्म हुनेछ ।
६ मङ्सिर २०८१, शुक्रबार ०७:४९ मा प्रकाशित