काठमाडाैं , चैत १
प्रतिनिधि सभाको बैठक आज बस्दै छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ।
आजको बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
आजकै बैठकमा आर्थिक वर्ष २०८१/२०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
३० फाल्गुण २०८०, बिहिबार ०७:३७ मा प्रकाशित