काठमाडौं,मंसिर १
यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१
गोलले हराएको छ । गएराति भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई
गोल गरे । उनले अहिलेसम्म १ सय ३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो
कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो ।
अर्को
खेलमा क्रोएसियाले स्कटल्याण्डलाई २–१ गोलले हरायो । समूह ‘ए’ मा पोर्चुगल
१३ अङ्कसहित शीर्ष स्थानमा छ, क्रोएसिया ७ अङ्कसहित दोस्रो, पोल्याण्ड चार अङ्कसहित
तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा छ ।
गएराति
नै भएको अर्को खेलमा स्पेनले डेनमार्कलाई २–१ गोलले हरायो । स्वीट्जरल्याण्ड र
सर्बियाले बराबरी खेलेका छन् । यस्तै बुल्गेरियाले लक्जेम्बर्गलाई तथा नर्दन
आइसल्याण्डले बेलारुसलाई हराएका छन् । सान मारियो र गिब्रल्टरले बराबरी खेलेका छन्
।
३० कार्तिक २०८१, शनिवार ०७:१५ मा प्रकाशित