काठमाडौं, असार ९
पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा टर्की ३–० ले पराजित भएसँगै पोर्चुगलले लगातार दोस्रो जित हात पारेको हो ।
जितसँगै पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा पुगेको छ ।
समूह एफमा रहेको पोर्चुगलले २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । हारका बावजुद पनि टर्कीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।
टर्कीको दुई खेलबाट ३ अंक छ । यो समूहको जर्जिया र चेक रिपब्लिकको समान एक एक अंक छ ।
गएराति भएकै अर्को खेलमा जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका छन् ।
९ असार २०८१, आईतबार ०७:३९ मा प्रकाशित