काठमाण्डाैं , असार ६
जर्मनी युरोकप फुटबल २०२४ को अन्तिम १६ मा पुगेको छ
।
गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हङ्गेरीलाई
२–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । आयोजक जर्मनी यो सिजनको
अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ ।
पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को
फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अङ्क भएको छ । पहिलो खेलमा
स्वीट्जरल्यान्डसँग पराजित हङ्गेरी २ खेलमा अङ्कविहिन छ ।
गएरातिको अर्को खेलमा यही समूहका स्वीट्जरल्यान्ड र
स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । योसँंगै स्वीट्जरल्यान्डको २ खेलमा ४
अङ्क भएको छ भने समान खेल खेलेको स्कटल्याण्डको १ अङ्क जोडिएको छ ।
यसैबीच समूह ‘बी’ अन्तर्गतको खेलमा
हिजो क्रोएसिया र अल्बानियाले आ–आफ्ना दोस्रो खेलमा २–२ गोलको बराबरी खेलेका छन् ।
बराबरी पछि दुवै टोलीले समूह ‘बी’ मा पहिलो अङ्क जोडेका छन् । पहिलो खेलमा
क्रोएसिया स्पेनसँग र र अल्बानिया इटालीसँग पराजित भएका थिए ।