भारत र न्युजिलैण्ड सेमिफाइनल भिडन्त : दबाबमा कुन टोली ?

Jhalkonepal


खेलकुद , कार्तिक २९


विश्वकप क्रिकेट २०२३ को पहिलो सेमिफाइनलमा आज भारत र न्युजिलैण्ड विच मुम्बईको बान्खेडे स्टेडियममा प्रतिस्पर्धा हुदैछ । नेपाली समय अनुसार दिउसो २ः१५ मा खेल शुरु हुनेछ । समुह चरणको खेलमा कुनै पनि खेल नहारी पहिलो स्थानमा रहदै भारत सेमिफाइनलमा पुगेको हो भने न्युजिलैण्ड ४ खेल गुमाएर चौथो स्थानमा रहदै सेमिफाइनल सम्म पुगेको हो । 

विश्वकप क्रिकेटमा भारत र न्युजिलैण्ड विचको प्रतिस्पर्धामा न्युजिलैण्डको तथ्यांक राम्रो छ । दुबै देश विश्वकपमा १० पटक आमने सामने भएका छन जसमा न्युजिलैण्डले ५ पटक जित हात पारेको छ भने भारतले यही विश्वकपमा समुह चरणको जित सहित ४ पटक मात्र जितेको छ । भारतले नकआउट चरणमा अहिले सम्म विश्वकपमा न्युजिलैण्डलाई पराजित गर्न सकेको छैन । यसअघिको विश्वकपमा पनि यी दुबै देश यसरी नै सेमिफाइनलमा पुगेका थिए । जहाँ न्युजिलैण्डले बाजी मार्दै भारतलाई स्तब्ध बनाएको थियो ।

भारतमा माथी यही तथ्यांकको ठुलो दवाव छ भने अर्को तर्फ सन २०१३ मा च्याम्पियन्स ट्रफि जिते पछि भारतले कुनै पनि आईसीसीको ठुलो प्रतियोतिगाको उपाधि जितेको छैन । सन २०२२ मा आईसीसी टेस्ट च्याम्पियसिपमको फाइनलमा पनि न्युजिलैण्डले भारतलाई पराजित गरेको थियो । अघिल्लो विश्वकपमा वर्षाले प्रभावित २ दिन सम्म चलेको सेमिफाइनलमा पनि न्युजिलैण्डले नै जितेको थियो । फाइनल खेल हुने वानखेडे स्टेडियममा भारतले खेलेको २१ खेलमा १२ मा जिते हात पारेको छ । जितको प्रतिसत लगभग ५० प्रतिसतनै भए पनि भारतियहरुले यस मैदानलाई लक्की मान्ने गरेका छन । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले सन २०११ को विश्वकप फाइनल यही मैदानमा जितेको थियो । भारतलाई यही लक र समुह चरणमा लगातार ९ खेलमा जितेको आत्मविश्वास छ भने अर्को तर्फ कप्तान रोहित शर्माको होम ग्राउन्ड भएकोले घरेलु समर्थक ठुलो साथ पनि हुनेछ । 

अर्को तर्फ न्युजिलैण्डलाई पनि समुह चरणको हार बिर्सिदै फाइनल पुग्ने दवाव छ । समुह चरणमा ब्यहोरेको हार र फाइनल पुग्ने दवाव न्युजिलैण्डलाई छ । तर उच्च लयमा रहेका रचिन रविन्द्र लगायतका न्युजिलैण्डका खेलाडीहरुको प्रर्दशन र पछिल्लो तथ्यांकले पनि न्युजिलैण्डको उत्साहित छ । न्युजिलैण्डले अहिले सम्म विश्वकप जित्न सकेको छैन । न्युजिलैण्डले पछिल्ला दुइ विश्वकपमा फाइनल सम्मको यात्रा तय गरे पनि फाइनलमा स्तब्ध हुनु परेकोछ । सन २०१५  र २०१९ को फाइनलमा न्युजिलैण्ड क्रमशः अस्टे«लिया र इंग्लैण्डसंग हारेको थियो । 


प्रतिक्रिया