पाराओलिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा स्वदेश फर्किँदै, नगर परिक्रमासहित भव्य स्वागत गर्ने तयारी

Jhalkonepal

काठमाडौं, भदाै १९

पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ । पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किँदै छ। 

नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने कार्यक्रम राखेको छ। 


राखेपका अनुसार टोली अहिले ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ।  त्यसपछि साढे ८ बजे र्‍याली गरिने छ भने साढे ९ बजे राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गरिने कार्यक्रम छ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुग्ने छ।

प्रतिक्रिया