खेलकुद, कार्तिक २५
विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले दिएको ३०७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । अस्टे«ेलियाका मिचेल मार्सले नट आउट १७७ रन बनाएर टिमको जित सुनिश्चित गरेका थिए । मार्सलाई स्टेभेन स्मीथले नट आउट ६३ रन तथा डेभिड वार्नरले ५३ रन बनाएर मद्दत गरेका थिए । बंगलादेशका टक्सिन अहमद तथा मुस्तफिजुर रहमानले मात्र १,१ विकेट लिन सके ।
यसअघि अस्टे«लियाले टस जितेर बंगलादेशलाई पहिले ब्याटिंग गर्न दिएको थियो । बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३०६ रन बनाएको हो । बंगलादेशका लागि टोहिड ह्दोयेले सर्वाधिक ७४ रन बनाए । यस्तै ओपनर तान्जिद हसन र लिटन दासले ३६, ३६ रन बनाएर टोलीलाई राम्रो शुरुवात दिलाएका थिए । यस्तै नजमुल हसरले ४५, महमुदुल्लाहले ३२, मुस्फिकर रहिमले २१ तथा मेहन्दी हसनले २९ रनको योगदान गरे ।
अस्टे«ेलियाका लागि एडम जाम्पा र सिन एबोटले समान २,२ विकेट हात पारे भने मार्कस स्टोनिसले पनि एक विकेट लिए । हेजलवुडले विकेट नलिए पनि ७ ओभरमा १ मेडन ओभर सहित मात्र २१ रन मात्र खर्च गरे । अस्टे«लियाले बंगलादेशका ३ जना ब्याटरलाई भने रनआउट गरेको थियो ।