आज पनि घट्यो सुनको मूल्य

Jhalkonepal

काठमाडौं , मंसिर ११

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य मंगलबार तोलामा २६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया