एजेन्सी । अभिनेत्री तथा हालै भारतको लोकसभामा निर्वाचित सांसद कंगना रनौतले आफु माथि भएको थप्पड प्रहार विवादमा टिप्पणी नगरेकोमा बलिउड प्रति आक्रोश व्यक्त गरेकी छिन हिजो जुन ६ मा, कंगनालाई चण्डीगढ विमानस्थलमा सुरक्षा जाँचका क्रममा सीआइएसएफ अधिकारीले थप्पड हानेकी थिइन ।
कंगना त्यो बेला चण्डीगढबाट नयाँ दिल्ली जाँदै थिइन्। यस विषयमा बलिउडको मौनताप्रति आक्रोश व्यक्त गरेपछि, उनले आफ्नो इन्स्टाग्राम स्टोरी मेटाएकी छिन ।
कंगनाले इन्सट्राग्राममा मेटाएको स्टोरीमा लेखेकी थिइन् ः प्रिय चलचित्र उद्योग, तपाईंहरू सबैले या त यो घटनामा खुशी मनाइरहनु भएको छ वा मेरो विमानस्थलमा आक्रमणको बारेमा पूर्णतया मौन हुनुहुन्छ। याद गर्नुहोस् भोलि कुनै दिन तपाईंहरू आफ्नो देशको कुनै सडकमा निस्सस्त्र हिँडिरहँदा वा विश्वको कुनै अन्य ठाउँमा हिँडिरहँदा र तपाईंले रफाहको बारेमा ध्यानाकर्षण गर्न खोज्दा वा इस्राइली बन्धकको समर्थन गर्दा तपाईं वा तपाईंका बच्चाहरूमाथि कुनै इजरायलीरफिलिस्तिनीले आक्रमण गरे भने त्यतिबेला तपाईंहरुले देख्नु हुनेछ म तपाईंको स्वतन्त्र अभिव्यक्तिको अधिकारको लागि लड्नेछु, यदि कुनै दिन तपाईंलाई लाग्छ म जहाँ छु त्यहाँ किन छु भने याद गर्नुहोस् तपाईं म होइन