रोमाञ्चक खेलमा पंजाब विजयी, राजस्थानलाई धक्का

Jhalkonepal

काठमाण्डौं, जेठ ३

आइपिएल क्रिकेटमा हिजो राति भएको रोमाञ्चक खेलमा राजस्थानलाई स्तब्ध पार्दै पंजाबले जित हासिल गरेको छ । प्लेअफ बाट बाहिरि सकेको पंजाबले तालिकाको दोस्रो स्थानमा रहेको राजस्थानलाई ५ विकेटले पराजित गर्यो । 

राजस्थानको हारले उसको प्लेअफ सम्भावनालाई फरक नपारे पनि कुन स्थानमा रहने भन्ने कुरालाई भने प्रभाव पार्न सक्नेछ । अहिले दोस्रो स्थानमा रहेको राजस्थानले अव अन्तिम खेल शिर्ष स्थानको कोलकत्ता संग खेल्ने छ । सो खेलमा राजस्थान पराजित भयो र हाल तेस्रो नम्बरमा रहेको चेन्नईले आफनो अन्तिम खेलमा बैग्लुरुलाई पराजित गरेको खण्डमा राजस्थान र चेन्नईको समान १६ अंक हुनेछ । यस्तो अवस्थामा राम्रो रनरेटको आधारमा चेन्नई दोस्रो स्थानमा रहेन प्ले अफ पुग्ने छ भन राजस्थान तेस्रो वा चौथो स्थानमा पनि पुग्न सक्छ  । 

टस जितेर पहिले ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन को सामान्य स्कोर बनायो । राजस्थानका रियान प्रयागले ४८ रनको महत्वपूर्ण इनिंग खेलेर टिमलाई संकटबाट जोगाए । रविचन्द्रन आश्विनले २८, टोम कोहलर १८ र सन्ज सेम्सनले १८ रन बनाएको खेलमा राजस्थानका ५ व्याटरले दोहरो अंकमा रन बनाउन सकेनन् । 

पंजाबका सेम करन, हर्षल पटेल र राहुल चहरले २,२ विकेट लिए । यस्तै अर्षदिपसिंह र नथेन इल्सले पनि १,१ विकेट लिएर राजस्थानलाई दबाबमा राखेका थिए । 

१४५ रनको लक्ष्य पछ्याउन मैदानमा आएको पंजाबको पनि शुरुवात राम्रो रहेन । इनिंगको चौथो बलमा टिमको स्कोर ६ रन हुदाँ ओपनर प्रमसिमरन ६ रन बनाएर आउट भए । तेस्रो नम्बरका आएाक रिले रोश्लले आक्रमक ब्याटिं गर्न खोज्दा १३ बलमा २२ रन जोडेर पाचौ ओभरमा विकेट गुमाएदा टिको स्कोर मात्र ३६ रन थियो । दुइ बल पछि शसांक सिह पनि शुन्यमै आउट भए पनि पंजाब दबाबमा परेको थियो । तर कप्तान सेम करनले नट आउट ६३ रन बनाएर टिमलाई जित सम्म पुगाए । उनलाई आसतोष सिंहले १७ रन बनाएर साथ दिए । राजस्थानले दिएको लक्ष्य पंजाबले ५ विकेट गुमाएर ७ बल अघि नै पुरा गर्यो । 

राजस्थानका आभेष खान र यजुवेन्द्र चलहलले २,२ विकेट लिए पनि लक्ष्य जोगाउन सकेनन् । ट्रेन्ट बोल्टले पनि १ विकेट लिएको खेलमा संदिप शर्मा र रविचन्द्रन आश्विनले विकेट लिन सकेनन् । 


प्रतिक्रिया