एसीसी प्रिमियर कप : कतारलाई हराउदै नेपाल सेमिफाइनलको नजिक

Jhalkonepal

काठमाण्डौं, बैशाख १

एसीसी टि२० प्रिमियर कपमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा दिपेन्द्रसिंह ऐरीको आक्रमक ६४ रनको मद्दतले २१० रन बनाएको थियो । दिपेन्द्रले २१ बलको सामना गरेर ६४ रन बनाउदा ७ छक्का र ३ चौका प्रहार गरेका थिए । दिपेन्द्रले २० औं ओभरमा ६ छक्का प्रहार गर्दैै ३६ रन जोडेका थिए । दिपेन्द्रले टि२० मा भारतिय क्रिकेटर युवराजसिंहको ऐतिहासिक रेकर्डको बराबरी गरेका छन । नेपालको इनिंगमा आसिफ सेखले ५२, कुशल मल्लले ३५ रन जोडेका थिए । 

कतारका हिमांशु राथौड र मुशवर शाहेल ३,३ विकेट लिए भने अमिर फारुकले १ विकेट लिए । 

२११ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कतारलाई फेरी एकपटक दिपेन्द्रसिंह ऐरीले बलिंग मार्फत ब्याकफुटमा धकेलि दिए । उत्कृष्ट बलिंग गदैै दिपेन्द्रले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए  । कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाए र १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि मोहम्मद तनविरले ३३ बलमा ६३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मोहम्मद अनाफले २३, हिमांशु राथौडले २२ र अदान मिर्जाले १९ रन बनाएका थिए । 

नेपालका तर्फबाट दिपेन्द्रसिह ऐरी, ललित राजवंशी र गुलशन झाले २,२ विकेट लिएका थिए । यस्तै कुशल मल्ल र अविनाश बोहराले पनि १,१ विकेटको योगदान गरेका थिए । 

जितसंगै नेपाल २ खेलमा ४ अंक हासिल गरी समुह ए मा शिर्ष स्थानमा पुगेको छ । नेपालले अव हंगकंग र साउदी अरेवियासंग खेल्न बाकी छ । आजको जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । समुहमा शिर्ष २ स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।  


प्रतिक्रिया