टि२० विश्वकपको तालिका सार्वजनिक, नेपालको समुहमा कुन कुन देश परे

Jhalkonepal

सुभेस सिनाल

काठमाण्डौं, पौष २०

आइसीसी टि २० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक भएको छ । आगामी जुन १ देखि अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ । २० राष्ट्रको सहभागिता हुने प्रतियोगितामा सहभागि देशहरुलाई ४ समुहमा विभाजन गरिएको छ । 

नेपाल रहेको समुह डी मा, नेपाल बाहेक, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरलैण्ड रहेका छन । समुह ए मा भारत, पाकिस्तान, आयरलैण्ड, क्यानडा र अमेरिका छन । यस्तै समुह बी मा इंग्लैण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटलैण्ड र ओमान छन भने समुह सी मा न्यूजीलैण्ड, वेष्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यूगिनी रहेका छन । 

प्रत्येक समुहबाट शिर्ष २ टोलीले क्वाटर फाइनल सरहको सुपर ८ मा स्थान बनाउने छन । सुपर ८ मा पुगेका टोलीले समुह चरणमा प्रतिस्पर्धा गरेको देश बाहेक अन्य देशसंग प्रतिस्पर्धा गर्नेछ । जसबाट शिर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन । सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो देशका विचमा खेल हुनेछ ।

विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यस अघि बंगलादेशमा २०१४ मा भएको टि२० विश्वकपमा नेपालले पारस खडकाको कप्तानीमा सहभागिता जनाएको थियो । 


प्रतिक्रिया