मोरङकाे सुन्दरहरैँचा ७ केरा बगानमा दुई नाबालिका मृत फेला

Jhalkonepal


विराटनगर , भदाै १५ 

मोरङमा दुई नाबालिका मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको नारायणा न्याैपानेकाे केरा  बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएकाे काेशी प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रवक्ता ध्रुब श्रेष्ठले बताउनु भयाे ।धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन कार्की उनकी  पत्नी अस्मीता न्याैपाने र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा दिदीकाे घरमा  बस्दै आएका थिए ।  २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् । प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान चलीरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया