कोशी प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनौट सुरु

Jhalkonepal

सुनसरी,चैत १६
 सुनसरीको इटहरीमा कोशी प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनौट सुरु भएको छ।  बागमती प्रदेशमा चैत्र २५ देखी वैशाख १ गतेसम्म हुने अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको लागि  छनौट सुरु भएको हो ।
कोसी प्रदेश फुटबल संघका सह महासचिव केशव कार्कीका अनुसार कार्यक्रममा एन्फा मान्यता प्राप्त ११ जिल्लाबाट छनौट भएर आएका १ सय ५० जना किशोरी सहभागी  छन  ।छनौट कार्यक्रमको आज सम्म चल्ने र उत्कृष्ट २८ जना किशोरीहरू छनौट गरिने र उनीहरूलाई एक सातासम्म इटहरीमै बन्द प्रशिक्षण गराइने कार्कीले जानकारी दिनुभयाे 
एक साताको प्रशिक्षणको १८ जना खेलाडी खेलाडी छनौट गरी प्रदेशको टिम बनाइने र उनीहरूले बागमतीमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा प्रतिस्पर्धा गर्ने बताइएकाे  छ  ।

प्रतिक्रिया