सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य तोलामा ५० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० रुपैयाँ कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको थियो । गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया