भारत विश्वकप क्रिकेट २०२३ को फाइनलमा, सामी बने नायक

Jhalkonepal


खेलकुद, कात्तिक २९

भारत विश्वकप क्रिकेट २०२३ को फाइनलमा प्रवेश गरेको छ । मुम्बईमा आज न्युजिलैण्डलाई रनले पराजित गरि भारतले १२ वर्ष पछि विश्वको फाइनलमा स्थान पक्का गरेको हो । भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याउने क्रममा ४८.५ ओभरमा न्युजिलैण्डले सबै विकेट गुमाएर ३२७ रन मात्र बनाउन सक्यो । विशाल लक्ष्य मैदानमा आएको न्युजिलैण्डको शुरुवात निकै खराब रह्यो । छैटौं ओभरमा ओपनर डेविन कन्वे मात्र १३ रन बनाएर आउट हुदाँ टिमको स्कोर ३० रन मात्र थियो ।  त्यसपछि अर्का ओपनर रचिन रविन्द्र पनि टिमको स्कोर ३९ हुदाँ १३ रन बनाएर आउट भए । कप्तान केन विलियम्सन र डेरेल मिचेलले त्यसपछि १९० रनको साझेदारी गरि टिमलाई २२० सम्म पुगाउदा विलियम्सन ६९ रन बनाएर आउट भए । विलियम्सन पछि ग्लेन फिलिपले ४१ रनमा आउट नहुदाँ सम्म न्युजिलैण्डले खेल आफ्नो पक्षमा पार्दै थियो तर फिलिप  आउट भएपछि भने भारत खेलमा हावी हुदै गयो । त्यसपछि लगातार विकेट झर्दै जादा रनको गति बढाउन ठुलो सट प्रहार गर्दा  डेरेल मिचेलले १३४ रन बनाएर आउट भए । 

भारतको तर्फबाट मोहम्मद सामीले ७ विकेट लिए भने जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदिप यादवले १,१ विकेट लिए । 

यसअघि मुम्बईमा टस जितेर भारतले पहिले ब्याटिंंग गर्दै निर्धारित ५० ओभरमा मात्र ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले किर्तिमानी ५० औं सतक प्रहार गर्दैै  ११७ रन बनाए । यस्तै भारतका मध्यक्रमका ब्याटर श्रेस ऐयरले पनि १०५ रन बनाएर प्रतियोगितामा दोस्रो सतक प्रहार गरे । यस अघि ओपनर भारतका कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट भए भने अर्का ओपनर शुभमन गिलले ८० रन बनाए । गिल ६८ रन हुदाँ घाइते भएर रिटार्यड हर्ट भएर मैदान बाहिरिएका थिए । पछि अन्चिममा उनी ब्याटिंग गर्न आएर थप १२ रन जोेडे । 

न्युजिलैण्डका टिम साउदीले ३ विकेट लिए पनि उनी सबैभन्दा महंगो सावित भए । साउदीले १० ओभरमा १०० रन खर्चिए । यस्तै टे«न्ट बोल्टले पनि १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । न्युजिलैण्डका बाकी बलरहरुले राम्रो बलिंग गर्न सकेनन ।

हार संगै न्युजिलैण्डको विश्वकप यात्रा सेमिफाइनलमै सिमित रह्यो । भारतले अव भोली कलकत्तामा अस्टे«लिया र दक्षिण अफ्रिका विच हुने खेलको विजेतासंग नोभेम्बर १९ मा फाइनल खेल्नेछ ।  


प्रतिक्रिया