काठमाडौँ , चैत्र १
आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ८०० रुपैयाँले
बढेर कारोबारमा आएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ८००
रुपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १
लाख २५ हजार २०० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख
२५ हजार र १ लाख २४ हजार ४०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय १५ रुपैयाँ कायम
भएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो । यो
प्रतितोला ५० रुपैयाँको वृद्धि हो ।
३० फाल्गुण २०८०, बिहिबार ११:३१ मा प्रकाशित