काठमाडाैं , जेठ ५
मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका छन् ।
भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । पर्सि सोमवार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ बजेदेखि पर्सि सोमवार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहनेछन् ।
यस्तै भारतको मधुवनीमा हुन लागेको चुनावलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा पनि आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
४ जेठ २०८१, शनिवार ०७:४२ मा प्रकाशित