काठमाडौं, जेठ २९
फिफा विश्वकप २०२६
अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ, भने आइसिसी पुरुष
टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा
नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ ।
फुटवल खेल नेपाली समय
अनुसार आज बेलुका ११:४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद
स्टेडियममा सुरु हुनेछ ।
विश्वकप क्रिकेटको भोलि बिहान हुने खेल अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड
काउन्टी रङ्गशालामा नेपाली समय अनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको खेल सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४-० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ ।
समूह ‘एच’ मा रहेको नेपालले त्यसअघि पाँचै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँग पहिलो खेलमा ४-० र यमनसँग २-० ले पराजित भएको थियो । त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो ।
नेपालले आजको खेलमा अंकको खाता खोल्न चाहन्छ । यस्तै गोलको लागि संघर्षरत नेपाली टोलीले गोलको खाता समेत खोल्न चाहेको प्रशिक्षक अनेसेले साउदी भ्रमणमा जानु अघि बताएका थिए । पछिल्लो खेलमा दुई पटक क्रसबारमा प्रहार गरेको नेपाली टोलीले आज भने गोलको खडेरी तोड्ने लक्ष्य साथ मैदानमा उत्रिने छ ।

भने यता आइसिसी पुरुष टि ट्वान्टी विश्वकप सिनियर
क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन ।
त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट
राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ
। त्यसैगरी
लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण
प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश
गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा
प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । नेपाल आफ्नो पहिलो
खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण
अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो । नेपाली टोलीका
कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट
राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताउनुभयो । उहाँले
विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित
गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको
खेलमा जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध
एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो । फ्लोरिडामै
श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग
हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।