काठमाण्डाैँ, पुस १६
प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले बुधबार हुने फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो।
कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा ८८ रन जोडेको थियो। सुदुरपश्चिमका लागि सम्झना खड्काले २५ , विन्दू रावलले १७ रन र कविता जोशीले १५ रन बनाएका िथए।
बलिङ तर्फ कोशीकी संगिता राईले २ , सबनम राई, निशा शाह र अलिसा खडियाले १-१ विकेट लिएका िथए।
८९ रनको लक्ष्य कोशीले १ विकेटको क्षतिमा १३ ओभरमा पूरा गर्दा कोशीकी काजल श्रेष्ठले नटआउट ३८ रन र अप्सरी बेगमले नटआउट १२ रन बनाए।
त्यसअघि कप्तान रुबिना क्षेत्रीले २३ बलमा ७ चौका र १ छक्का स िहत ३७ रन जोडेकी िथन्। फाइनल खेल पर्सि बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।