फाइनलमा फेरी पछारियो नेपाल : त्रिदेशिय टि२० सिरिजको उपाधी पिएनजीलाई

Jhalkonepal


सुभेष सिनाल

काठमाण्डौं, फागुन ३०

त्रिदेशिय टि२० सिरिजको फाइनलमा नेपालले पिएनजीसंग लज्जास्पद हार ब्यहोरेको छ । समुह चरणमा ८५ रनले जितेको नेपालले फाइनलमा पिएनजीको त्यही टिमसंग ८६ रनको हार ब्यहोरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रन बनाउन मैदानमा उत्रिएको नेपाली टोलीले ८५ रन बनाउदा आफ्ना सबै विकेट गुमायो । नेपालका तर्फबाट सन्दिप जोराले सबैभन्दा वढि १७ रन  बनाए । यस्तै आरिफ सेखले १५, तथा रोहित पौडेलले १२ रन बनाए । यो बाहेक अन्या ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । नेपालले १६ रन अतिरिक्त रनको रुपमा पाएको थियो । 

पिएनजीका कबुवा मोरिया, सेमो किमा, चाड सोपर र सेसे वाउले २,२ विकेट लिए भने एली नावले १ विकेटको योगदान गरे । 

यस अघि नेपाली बलरहरुले खराब प्रर्दशन गर्दै पिएनजीलाई १७१ रन खर्चेका थिए । पिएनजीका टोनी उराले ६१ रनको मत्वपूर्ण योगदान गरे भने अन्तिममा एली नावले आक्रमक ब्याटिंग गर्दै १० बलमा  ३० रन बनाएका थिए । नेपालका तर्फबाट आकाश चन्द र कुशल भुर्तेलले ३,३ विकेट लिएका थिए । 

जितसँगै पिएनजीले टि२० सिरिजको उपाधि जितेको छ । 

प्रतिक्रिया