सिरहा , जेठ ३
सिरहामा काेदालाे प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या गरीएकाे हाे ।
बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला बिहान ८ : २० बजे स्थानीय बचाई महतोले कोदालो प्रहार गरेकाे प्रहरीले जनाएको छ । बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयाे । जग्गा विबादहुदा अापसमा भनाभन भएपछि महताेले काेदालाे प्रहार गरेर हत्या गरेकाे प्रहरीले बताएकाे छ । घट्नाका समबन्धमा थप अनुसन्धान भइरहेकाे छ ।
२ जेठ २०८१, बिहिबार ०२:२३ मा प्रकाशित