काठमाडौं ,माघ १०
नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९
विश्वकप २०२४ मा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । लगातार दोस्रो जितसँगै
समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।
शुक्रबार नेपाल र अफगानिस्तानबीच हुने
खेलको विजेता टोली तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्नेछ ।
१९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले
४७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा आजन आविसले ८२
बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे । उनले दीपक डुम्रेलाई चौका हान्दै खेल अन्त्य
गरेका थिए ।
पाकिस्तानलाई ओपनर शम्याल हुसेन र
शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दै संयमित सुरुवात दिलाएका थिए ।
९ माघ २०८०, बुधबार १०:१३ मा प्रकाशित