नेप्से ३५.५५ अंकले बढ्यो

Jhalkonepal

काठमाडौ, साउन १५

आज  नेप्से ३५.५५ अंकले बढेको छ।

नेप्से १.३३ प्रतिशतले बढेर २६९६.६५ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

सोमबार १९ अर्ब ६० करोड रूपैयाँको कारोबार भएकोमा आज १७ अर्ब २६ करोडको कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ३४ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२९ वटा धितोपत्रको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच भएको हो।मंगलबार १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया