दोलखा, साउन ५
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।
भीमसेनको मूर्तिमा आज शनिबार दिउँसो १: ४७ बजेदेखि पसिना आएको
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार, शनिबार दिउँसो १:
४७ बजेदेखि ३: ५१ बजेसम्म शिलाको बायाँ भागमा पसिना आए थियो ।
पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजा सहित पूजाआराधना
गरिएको छ । भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको
छ ।
शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ
भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।
४ साउन २०८१, शनिवार ०६:३३ मा प्रकाशित