आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको अपराजित यात्रा कायम

Jhalkonepal

काठमाण्डाैं, असार ८


आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले अपराजित यात्रा कायम राखेको छ

गएराति इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार छैटौं ‍जित निकालेको हो

सुपर आठको दोस्रो खेलमा इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ

यसअघि समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिकाले सुपर आठको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो

गएराति सुपर आठको दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रनमात्रै बनायो

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले अर्धशतक हाने। उनले ३७ बलमा ७ चौका प्रहार गरी ५३ रन बनाए

बलिङतर्फ दक्षिण अफ्रिकाका कगिशो रबाडा र केशव महाराजले २/२ तथा ओटनेल बार्टमन र एनरिच नोर्त्जीले १/१ विकेट लिए।

 

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १६३ रन बनाएको थियो

त्यस क्रममा ओपनर क्वीन्टन डिककले अर्धशतक हाने । उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६५ रन बनाए

 

डेविड मिलरले २८ बलमा ४ चौका र २ छक्का हानेर ४३ रन जोडे

 

बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन तथा मोइन अली र अदिल रसिदले १/१ विकेट लिए।

सुपर आठमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजसँग र इंग्ल्याण्डले अमेरिकासँग अन्तिम खेल खेल्नेछ ।  

प्रतिक्रिया