आज पनि घट्यो नेप्से

Jhalkonepal

काठमाण्डौ, वैशाख ९

आज मंगलबार सेयर बजार पुनः घटेको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको बजारले आजपनि सही क्रमलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक ९.९६ अंक घटेर २६८८.३२ विन्दुमा ओर्लियो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.९१ अंक घट्दा फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ बर्अ ७७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१९ स्टकको ७१ हजार ६९४ पटकको कारोबारमा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको हो 

प्रतिक्रिया