काठमाण्डाै , असार ५
भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको
बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् ।
प्रहरीका अनुसार मङ्गलबार राति आसामको
मुख्य सहर वाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको
बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको
छ । अधिकारीले
पीडित महिला र उनका तीन छोरीको पहिचान गरिएको बताउनुभयो ।
भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि
निकालिएको छ । असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका
कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ । सबैभन्दा बढी
प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले
प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली
उत्पादन क्षेत्रलाई पनि असर पारेको छ
।
“हाल ४७० गाउँ
पानीमा डुबेका एएसडिएमएले जनाएको छ ।
स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण
केन्द्र खोलेको छ जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत
शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको बताए । तटबन्ध, सडक र पुलहरू लगायत
पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसङ्ख्यालाई सहायता प्रदान गर्न
कठिनाइहरू बढाएको उनीहरूले बताए ।
गत महिना पश्चिम
बङ्गाल र बङ्गलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर
राज्यमा क्षति पुगेको हाे ।