सुनको मूल्य प्रतितोला मूल्य १ लाख ९० हजार माथि

Jhalkonepal

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।बुधबार सुन प्रतितोला एक लाख ८७ हजार रूपैयाँमा कारोबार भएको थियो। 

आज सुनको प्रतितोला मूल्य एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको छ।  यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार ६ सय रूपैयाँ बढी हो। 

यसैगरी चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया