नामिविया र नेदरलैण्ड्सको खेल बर्षाले प्रभावित

Jhalkonepal

काठमाण्डौं, फागुन २०

नेदरलैण्ड्स र नामिवियाका विच फाइनल प्रवेशको लागि भइरहेको अन्तिम खेल बर्षाले प्रभावित भएको छ । काठमाण्डौंमा हिजो राति देखि पानी परेका कारण विहान ढिलो गरि शुरु भएको खेल १५ औं ओभरमा फेरी रोकिएको छ । टस जितेर नेदरलैण्ड्सले पहिला फिल्डिंग गर्ने निर्णय गरेर नामिवियाल ब्याटिंग गर्दैछ । 

नामिवियाले १५ औ ओभरमा खेल रोकिदा सम्म ४ विकेट गुमाएर ९८ रन जोडेको छ । जेन निकोल ३४ र जेन ग्रिन ११ रन बनाएर खेलिरहेदा पानी परेपछि खेल रोकिएको छ । नामिवियाका तर्फबाट मलान क्रुगरले २४ र जेजे स्मिथले १८ रन बनाएर आउट भएका थिए । 

नेदरलेण्ड्सका तर्फबाट भिभियन किंग्मा,भानडेर गुटेन, आर्यन दत्त र भानडेर माव्रेले १,१ विकेट लिएका छन । 

जारि प्रतियोगितामा नेदरलैण्डस आज जितेमा शिर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाउने छ भने हारको अवस्थामा आज खेल्दै दुबै टोलीको रनरेट नेपाल भन्दा बढि भए मात्र फाइनलमा स्थान बनाउनेछन । खेल बर्षाले पुनः शुरु हुन नसकेमा भने दुबै टोलीले १,१ अंक पाउनेछन । यस्तो अवस्थामा नेदरलैण्ड्स शिर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाउनेछ । 

प्रतिक्रिया