खेलकुद, कार्तिक १
विश्वकप क्रिकेट प्रतियोगितामा आज न्युजिलैण्डले अफगास्तिालाइ १४९ रनले पराजित गरेको छ । चेन्नैमा अफगानिस्ताले टस जितेर पहिले फिल्डींग गर्ने निर्णय गरे पछि न्यूजिलैण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको थियो ।
न्युजिलैण्डका ब्याट्र ग्लेन फिलिप्सले ७१ रन बनाए भने, टोम लाथमले ६८, विल योंगले ५४, रचिन रबिन्द्र ३२ र मार्क चेम्पनले २५ रन बनाएका थिए । अफगानिस्तानले ५ वटा क्याच छोडे पछि न्यूजिलैण्डले सम्मानजनक स्कोर बनाउन सकेका थियो । बलिंगमा अफगानिस्तानका नविदुल हक र अजमतुल्लाह उमरजाइले २/२ विकेट लिए भने रसिद खान र मुजिबूर रहमानले १/१ विकेट लिएका थिए ।
२८९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको अफगानिस्तानले ३५ औ ओभरमा १३९ रन बनाउदा आफ्ना सबै विकेट गुमायो । अफगानिस्तानको तर्फबाट रहमत शाहले ३६, अजमतुल्लाह उमराइजले २७ रन बनाए । न्युजिलैण्डका तर्फबाट सेनेटर र फेर्ग्युनले ३/३ बिकेट लिए ।
यो जितसंगै न्यूजिलैण्ड ४ खेलमा ८ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ ।
अंक तालिकामा ६ अंक सहित भारत दोस्रो, ४ अंक सहित दक्षिण अफ्रिका तेस्रो र ४ अंक नै भएको पाकिस्तान चौथो स्थानमा रहेका छन । यस्तै इंग्लैण्ड, अफगानिस्तान, बंगलादेश, अस्ट्रेलिया क्रमशः पाँचौ, छैटौ, सातौ र आठौ स्थानमा रहेका छन । तालिकाको पुछारमा नेदरलैण्ड नवौ र श्रीलंका दशौ स्थानमा छन ।