काठमाण्डौ, पौष २८
सुनको भाउ आज
तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार
सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार पनि सुनको भाउ तोलामा आठ सय
रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५
रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ
आज तोलाको एक हजार आठ सय ६० रुपैयाँ पुगेको छ ।
२७ पुस २०८१, आईतबार ११:१४ मा प्रकाशित