सेमिफाइनल पुग्न अफगानिस्तानलाई चमत्कारी जितको आवश्यकता

Jhalkonepal

सेमिफाइनल पुग्न अफगानिस्तानलाई चमत्कारी जितको आवश्यकता


खेलकुद, कार्तिक २४


एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल पुग्न झिनो सम्भावना बाकी रहेको अफगानिस्तानले आज तालिकाको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकासंग खेल्दैछ । सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाउन अफगानिस्तानलाई जित मात्र प्रयाप्त हुने छैन ।  उसले चौथो स्थानमा रहेको न्युजिलैण्डको भन्दा राम्रो रनरेट बनाए पछि पनि पाकिस्तान र इंग्लैण्डको नतिजा कुर्नु पर्नेछ । आफु अनुकुल नतिजा ल्याउन आज अफगानिस्तानले दक्षिण अफ्रिकालाई ४३८ रनको अन्तरमा पराजित गर्नु पर्नेछ । अफगानिस्तान र दक्षिण अफ्रिका विच अहिले सम्म एउटा टि२० र दुइ वटा एकदिवसीय खेल मात्र भएको छ । जसमा दक्षिण अफ्रिकालाई अफगानिस्तानले पराजित गर्न सकेको छैन । 

तर जारि प्रतियोगितामा तिन पटक अप्रत्यासित नतिजा निकालेको अफगानिस्तानको हौसला भने बलियो छ । अफगानिस्तानले यो विश्वकपमा पुर्वविश्व च्याम्पियन इंग्लैण्ड, पाकिस्तान र श्रीलंकालाई पराजित गरिसकेको छ ।  क्रिकेट अनिश्चितताको खेल भएकोले अफगानिस्तानले अझै पनि आशा भने मारेको छैन । अर्को तर्फ विश्वकपमा सधै चोकर्स अर्थात अभागीको उपनाम पाएको दक्षिण अफ्रिका आफु माथिको दाग हटाउदै विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । यही विश्वकपमा दक्षिण अफ्रिका नेदरलैण्ड सम्म अप्रत्यासित नजिता सुम्पिदै स्तब्ध भएको थियो । यदपी दक्षिण अफ्रिकाले पहिले नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । 

समुह चरणमा अहिले भारत पहिलो स्थानमा छ भने दक्षिण अफ्रिका दोस्रो, अस्ट्रेलिया तेस्रो र न्युजिलैण्ड चौथो स्थानमा छन । पाचौं स्थानमा रहेको पाकिस्तानले पनि ठुलो अन्तरको जित हासिल पारेमा सेमिफाइनलमा आफ्नो स्थान बनाउन सक्छ । त्यसको लागि पाकिस्तानले भोली इंग्लैण्डलाइ २८७ रनको अन्तरमा पराजित गर्नु पर्नेछ । 

यो विश्वकपमा धेरै धेरै रन बन्ने र अप्रत्यासित नतिजाहरु आइरहेकोले खेलको रोमान्च अन्तिम सम्म कायम रहेको छ ।   


प्रतिक्रिया