काठमाण्डौ, कार्तिक २७
आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा
नेपालले आज कुवेतसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।
यसअघि
अस्ति आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले पराजित गरेको थियो
भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई एक सय आठ रनले हराएको
थियो ।
नेपालले
अन्तिम खेल पर्सि बिहीवार यूएईसँग खेल्नेछ । यसअघि नेपाल युएईसँग १३ रनले
पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत
सहभागी छन् ।
सहभागी
चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोली आईसीसी १९ वर्ष मूनीको महिला टी–२०
विश्वकपका लागि छनोट हुनेछ ।
२६ कार्तिक २०८१, मङ्गलबार ०७:०७ मा प्रकाशित