नेदरलैण्ड्स सामु १२४ रनको लक्ष्य

Jhalkonepal


सुभेष सिनाल

काठमाण्डौं, फागुन ७


आइसीसी विश्वकप लिग २, अन्तरगतको खेलमा नेदरलैण्ड्सलाई १२३ रनमा अल आउट गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज टस जितेर पहिले फिल्डिंग गरेको नेदरलैण्ड्सले आर्यन दत्तको उत्कृष्ट बलिंगमा नामिवियालाई कम स्कोरमा रोकेको हो । आर्यनले ९ ओभरमा ३४ रन खर्चेर ६ विकेट लिए । नामिवियायाका जेजे स्मिथले सबैभन्दा बढि २६ रन बनाए । रुविन ट्रप्पलेनले २० र जेनग्रिनले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । नेदरलैण्ड्सका कायल केलिनले २ तथा भेनडेर मार्वे र मेक्सउडले १,१ विकेट लिए । 

१२४ रनको लक्ष्य पछ्याउन नेदरलैण्ड्सले केही बेरमा ब्याटिंग गर्नेछ । 

लिग २ को पहिलो खेलमा नेदरलैण्ड्स नेपालसंग पराजित भएको थियो भने नामिवियाले नेपाललाई पराजित गरेको थियो । 


प्रतिक्रिया