काठमाडैं , असाेज ५
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसनर दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानाइएकाे छ ।
मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहँदा शनिबार केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको हो।
बिहान कोशी र बागमती प्रदेशको थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
४ असोज २०८१, शनिवार ०६:५१ मा प्रकाशित