पर्सा, असार ८
पर्सा प्रहरीले
जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीले
पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१/२१ किलोग्राम
तौल भएको दुई वटा हात्तीको दारासहित तीन जनालाई शुक्रबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय
पर्साले जङ्गली हात्तीको दारासहित पक्राउ परेका तीन जनालाई जिल्ला डिभिजन वन
कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । “अधियुक्तले ठोरी गाउँपालिका–४ का चन्द्र परियारको
खेतमा खाल्डो खनेर २१/२१ किलोग्राम तौल भएको
दुई थान दारा बिक्रीवितरणका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्”, ।
पक्राउपर्नेमा
पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र
महानगर–२१ का अमिरीलाल महतो रहेका छन् ।