काठमाण्डाैं , जेठ २०
स्पेनिस टोली रियल म्याड्रिडले १५ औं पटक युरोपियन च्याम्पियन्स
लिगको उपाधि जितेको छ ।
लन्डन स्थित वेम्ब्ली
स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै
रियलले उपाधि जितेको हो ।
च्याम्पियन्स लिगमा रियल सर्वाधिक सफल टोली हो । रियलको यो
कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो । रियललाई जित दिलाउन ड्यानी
कार्भाजाल र भिनिसियस जुनियरले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
कार्भाजालले ७४ औं र जुनियरले ८३ औं मिनेटमा गोल गरेका हुन् । टोनी
क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् । डर्टमुन्डका खेलाडीको मिस पासको
फाइदा उठाउँदै जुड बेलिङघमले उपलब्ध गराएको पासमा जुनियरले गोल गरेका हुन् ।
यो सिजनमा सबै खाले प्रतियोगितामा गरि जुनियरको त्यो २४ औं गोल हो
।
रियलभन्दा पछि च्याम्पियन्स लिगमा एसी मिलानको ७ उपाधि छ ।
डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक
डर्टमुण्ड २०१३ मा च्याम्पियन्स लिग फाइनल पुगेको थियो । सो फाइनलमा डर्टमुण्डले
बायर्न म्युनिखविरुद्ध २–१ को हार बेहोरेको हो ।