काठमाडाैं, असार ९
डुम्रे–बेसीशहर सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहान लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिनुभयो ।
बेसीशहर नगरपालिका–१ दलालमा बिहान पहिरो खस्दा लमजुङबाट काठमाण्डौ, पोखरा तथा चितवन, भैरहवालगायतका ठाउँमा जाने/आउने र बेसीशहरतर्फको गाडी आवागमन बन्द भएको थियो ।
अहिले एकतर्फी खुलेपछि रोकिएका गाडी गन्तव्यतिर गइरहेका छन ।
९ असार २०८१, आईतबार १२:५१ मा प्रकाशित