सोलुखुम्बुमा जाँड–रक्सी खाएर कुटपिट हुँदा एक जनाको मृत्यु

Jhalkonepal

सोलुखुखुम्बु, कात्तिक ११


सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङमा जाँड–रक्सी खाएर कुटपिट हुँदा  गर्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा महाकुलुङ–२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार शुक्रवार राति ८ बजेतिर स्थानीय समित कुलुङको घरमा सितल, समित र धिरनबहादुर राई जाँड–रक्सी खाँदै बसिरहेका थिए । त्यही क्रममा विवाद भई कुटपिट हुँदा सितलबहादुरको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको घाँटीमा चोट देखिएको छ ।

समित र धिरनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया