काठमाडौँ , चैत २१
लगातार तेस्रो जित दर्ता गर्दै नेपाल एसएमएस फ्रेन्डसिप कपको अन्तिम खेलअघि नै फाइनलको स्थान पक्का गरेको छ ।
तेस्रो खेलमा गुजरात माथि ८ रनको जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको
क्षतिमा १७३ रन जोड्यो ।
गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले
नटआउट २९ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामी, गुल्सन झा र कुशल
मल्लले २-२ विकेट लिए ।
बुधबार टस जितेको गुजरातले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८१ रन जोड्यो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार
गरे । दुईबीच १२५ रनको साझेदारी भयो । कुशलले ६७ रन र आसिफले ८५ रन जोडे ।
नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ ।
नेपाल एसीसी मेन्स
प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।