सुनसरी फागुन १७
३१ बर्षीया सम्झना तामाङलाई यति बेला ठूलो समस्या आइपरेको छ।एउटी आमालाई सन्तान हराउनु जतिको पिडा के नै हुन सक्छ र ? त्यो पनि बालखा । धरान ८ का विजय र सम्झना तामाङ दम्पतीका तीन सन्तान छन् छाेरा ६ बर्षका र दुइ बषर्का जुम्ल्याहा छोरी । अहिले तामाङ दम्पतीका तिनै छाेरा हराएका छन ।
सानैदेखि पढाइ लेखाइमा प्रखर निर्भीक
धरानको युरीका मन्टेश्वरीमा पढ्दै थिए । ३ सन्तानको उज्ज्वल
भविष्य बनाउन भरखरै मात्रै वैदेशिक रोजगारमा मलेसिया पुगेका ३२ वर्षीय विजय अहिले
नेपाल फर्किएर रातदिन छोराको खोजीमा लाग्नुभएको छ । विदेश पुगेको १४ महिनामै छोरा
बेपता भएको खबर पुग्छ । छोरा हराएको १५ दिन पछि नेपाल आइपुग्नु भएका विजयको
दिमागले यति बेला केही सोच्नै सकिरहेको छैन । 'जसको भविष्य सोचेर बालखा छोराछोरी छोडेर बिदेसिए तर आज २३ दिन
भइसक्यो बाबु फेला पर्न सकिहरेको छैन ।' निर्भीक हराएको आज २३ दिन पुगिसकेको छ । तर उनी कहाँछन कस्तो अवस्थामा छन्
अत्तोपत्तो लाग्न सकेको छैन ।
गत माघ २२ गते २ वर्ष पछि आमा र दुई जुम्ल्याहा बहिनी सहित मावली पुगेका थिए निर्भीक तामाङ । तर उनी आज सम्म घर फर्किएका छैनन्। ३ छोराछोरी साथै लिएर माइत जानुभएकी सम्झना दुई छोरी मात्रै लिएर घर फर्किनु भयो । घरमा छोरी हजुरबुवा हजुर आमालाई जिम्मा लाएर अहिले माइतीमै गाउँ पाखा चाहर्दे हुनुहुन्छ छोराको खोजीमा । ६ वर्षका बालखा छोरा आँखै अगाडी लापता भएका छन् । आफ्नै काकाकी छोरीको बिहेमा इलाम पुगेकी सम्झनालाई नसोचेकै भयो । सबै सँग बोल्ने चलाख छोरो यसरी गुमनाम कसरी भयो म आफै चकित छु उहाँले भन्नुभयो ।
माघ २६ गते शुक्रबार सम्झना छोराछोरी सहित घर फर्किने तयारीमा हुनुहुन्थ्यो । तर अघिल्लो दिन २५ गते बिहीबार बिहान ११ बजे तिर काकी सँग पसल गएको छोरा मावली घर फर्किएन । सबैतिर खोज्दा पनि आज सम्म फेला पर्न सकेको छैन । सम्झनालाई लाग्छ हामी गाउँमा बाबु खोजी रहेका छौ कसैले उसलाई कतै सहर तिर लगेर कोठामा बन्धक बनाएर पो राखेको छकी भन्ने । धरानमा जन्मिएको बाबु पहाडमा त्यति नआएको र कान्ला भिर उकालो बाटो समेत हिँड्न नसक्ने उहाँको भनाइ छ । सम्झना भन्नुहुन्छ आफै हिँडेर कतै गयो की भन्ने छैन बरु उसलाई कसैले लगेको हुनपर्छ । यतिका दिनसम्म हराएको छोरो कस्तो अवस्थामा छ भन्ने प्रहरीले समेत पता लाउन नसक्ने गरी कसले कहाँ लग्याे हाेला ? भन्दै प्रहरीले अझै प्रभावकारी ढंगबाट खाेज गरीदिन तामाङ दम्पतीले आग्रह गरेका छन् ।यता हराएका बालकको खोजीका लागि प्रहरीले भने सूक्ष्म तवरबाटै गंभीर अनुसन्धान तथा खोजी गरिरहेको जनाएको छ । यसका साथै प्रहरीले बालकको हुलिया दिएर सूचना सार्वजनिक गरी सबैले खोजीमा सहयोग गर्दिनुहुन आग्रह समेत गरेको जनाएको छ ।