सुभेष सिनाल
काठमाण्डौं, फागुन ६
नेपाल ए टिमले क्यानडालाई पहिलो एकदिवसीयमा २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा आज पहिले ब्याटिंग गर्दै नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २१६ रन बनायो । बसिर अहमदले नेपालको लागि अन्तिम बलमा रन लिदै, अर्ध सतक पुरा गरे । नेपाली ए टिमबाट अर्धसतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन । यस अघि टस जितेर क्यानडाले नेपाललाई पहिले ब्याटिंग गर्ने निम्तो दिएको थियो । नेपालले पहिलो विकेटको रुपमा अर्जुन कुमाललाई गुमाए पनि अर्का ओपनर मयन यादवले ३५ रन बनाएर नेपाली इनिंगलाई अगाडी बढाए । उनलाई रसिद खानले ४० रन बनाएर साथ दिए । कप्तान विनोद भण्डारी ५ रन मात्र बनाएर आउट हुदाँ संदिप जोराले १४, किरण ठगुन्नाले २५ र विवेक यादवले २१ रनको योगदान गरे ।
क्यानडाका तर्फबाट शादविन जाफरले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । यस्तै हर्स ठकेरले १० ओभरमा २२ रन खर्चेर १ विकेट लिए । इश्वरजीत सोथीले २, डिल्लन हेलिगरले र साहिह अमहदजाई ले १,१ विकेट लिएका थिए ।